माओवादी अध्यक्ष बल्खुस्थित एमाले पुरानो पार्टी कार्यालयमा

काठमाडौं

    जेष्ठ ३, २०७५

    पार्टीका तत्कालिन महासचिव एवं जननेता मदन भण्डारीको २५ औं स्मृती दिवस, नेकपा एमालेले आज विभिन्न कार्यक्रम गरी भण्डारीको सम्झना गर्दैछ । माओवादी केन्द्रसँग एकता घोषणाको पुर्वसन्ध्यामा एमालेले राजधानीको बल्खुस्थित पुरानो पार्टी कार्यालयमा संयुक्त कार्यक्रम गरिरहेको छ । कार्यक्रमलाई अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले संयुक्त सम्बोधन गर्ने कार्यक्रम छ ।

    २०५० साल जेठ ३ गते नारायणगढ मुग्लिन सडकखण्डमा पर्ने दासढुङगामा दुर्घटनामा परेर एमालेका तत्कालिन महासचिव भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय मृत्यु भएको थियो । भण्डारीले प्रतिपादन गरेको जनताको वुहुदलीय जनवाद जबजको सिद्धान्तलाई एमालेले पार्टीको मार्गदर्शक सिद्धान्त मान्दै आएको छ ।

    भण्डारीको नेतृत्व र संगठन विभाग प्रमुख आश्रितको कुशल संगठकको भूमिकाबाट पाठ सिक्नुपर्ने विश्लेषकहरुको भनाई छ । तत्कालिन समयमा आफ्नो भाषण कला र कुशल नेतृत्वका कारण चर्चित नेता भण्डारीको मृत्यु रहस्यमय भएको भन्दै पटक पटक छानविनको कुरा उठेपनि अनुसन्धान भने हुन सकेको छैन ।  

     

    प्रकाशित:जेष्ठ ३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्