ठूलो परिमाण लागूऔषधिसहित २ पक्राउ

सुनसरी

    जेष्ठ ३, २०७५

    सुनसरीको बराह नगरपालिका १० मा भारतको भीमनगरबाट ल्याइएको ठूलो परिमाणको  लागूऔषधसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरानका अजय विश्वकर्मा र निवेक श्रेष्ठ छन् ।

    उनीहरुको साथबाट ४ हजार ३ सय ५० थान स्पास्मो प्रोक्सिन, डाइलेक्स डिसी लगायत लागूऔषध बरामद गरिएको प्रकाशपुरस्थित प्रहरी चौकीले जनाएको छ । उनीहरुले प्रयोग गरेको को २५ प ६४८८ नम्बर मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । 

    उता, विराटनगर महानगरपालिका १ नहरचोकबाट लागूऔषधिसहित विशाल सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ । भारतीय सीमावर्ती बजारबाट को १४ प ४९४३ नम्बर मोटरसाइकलको सिट मुनी ल्याइएको विभिन्न नामका लागूऔषधिसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

     

    प्रकाशित:जेष्ठ ३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्