उत्तर कोरियासँग अमेरिका अझैं आशावादी

एजेन्सी

    जेष्ठ ३, २०७५

    अमेरिकाले उत्तर कोरियासँगको वार्ताका लागी आशावादी रहेको बताएको छ । उत्तरले वार्ता रद्ध गर्ने चेतावनी दिएपनि ट्रम्प प्रशासनले भने वार्ताका लागी तत्पर रहेको बताएको हो । आणविक निशष्त्रिकरणका लागी अमेरिकाले निरन्तर दवाव दिएको भन्दै उत्तरले वार्ता रद्ध गर्ने चेतावनी दिएको थियो ।

    अमेरिकि राष्ट्रपति ट्रम्प र उत्तरका नेता किम जोङ्ग उनबीच सिंगापुरमा १२ जुनमा वार्ता हुने तय भएको थियो । वार्ता रद्ध भएमा उत्तरलाई अझ दबाब दिने पक्षमा अमेरिका रहेको ह्वाईट हाउसले उल्लेख गरेको छ ।

    उत्तरले कोरियाली प्रायद्धिप आणविक हतियार मुक्त हुने प्रतिबद्धता उत्तरले जनाएपछि ट्रम्प र किम बीचको भेट तय भएको बीबीसीले उल्लेख गरेको छ । 

     

    प्रकाशित:जेष्ठ ३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्