तेस्रो पटक एट्लेटिको मड्रिडलाई युरोप लिग फुटवलको उपाधि

एजेन्सी

    जेष्ठ ३, २०७५

    एट्लेटिको मड्रिडले तेश्रो पटक युरोप लिग फुटवलको उपाधि उचालेको छ । सन् २०१० र २०१२ मा पनि एट्लेटिको मड्रिडले युरोपा लिगको उपाधि उचालेको थियो ।

    मार्सेलीलाई ३ शुन्य गोल अन्तरले पराजित गर्दे एट्लेटिको मड्रिडले ९ वर्षमा तेश्रो पटक उपाधि जितेको हो । पहिलो हाफमा दिलाएको अग्रतालाई एन्टोईन ग्रिजम्यानले दोश्रो हाफको सुरुवातमै दोब्बर पारेका थिए । ८९ औं मिनेटमा जाबीले गोल गरेपछि एट्लेटिको उपाधि कब्जा गर्न सफल भयो ।

    दुईगोल गर्दै टिमलाई उपाधि दिलाएका ग्रिजम्यानले यस सिजन ३० गोल गरिसकेका छन् ।  

     

    प्रकाशित:जेष्ठ ३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्