प्रचण्ड कमरेड राष्ट्रिय सभामा बोल्नु हुन्छ : एमाले अध्यक्ष ओली

काठमाडौं

    जेष्ठ ३, २०७५

    नेकपा एमाले र माओवादी केन्द्रबीच आजै अपरान्ह एकीकरण घोषणा हुने दुवै पार्टीका अध्यक्षले बताएका छन् । जननेता मदन भण्डारीको स्मृति दिवसमा एमालेले राजधानीको बुल्खु स्थित पुरानो पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकिकरण घोषणा हुने बताउनुभएको हो ।

    एकताको प्रक्रियागत कार्य आजै टुंगो लगाउने बताउदै एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले एकीकरण पछि बन्ने बृहत पार्टीबाट डराउनुपर्ने अवस्था नरहेको बताउनुभयो । संयुक्त केन्द्रिय समितिको बैठकपछि प्रक्रियागत एकता हुने बताउदै अध्यक्ष ओलीले आफुहरु दुवै पार्टी एकता प्रति उत्साहित रहेको ओलीले बताउनुभयो । नेपाली कंग्रेस सयल पार्टी रहेकाले समृद्ध नेपालका लागी अन्य सबै दलसँग सहकार्यको नीति अवलम्बन गरिने एमाले अध्यक्ष ओलीको भनाई छ ।

    सम्भवन पहिलो पटक एमालेको पुरानो पार्टी कार्यालय छिरेका माओवादी अध्यक्ष दाहालले एकताले संघर्षको रुपान्तरण गरेको बताउनुभयो । दिउँसो तिन बजे राष्ट्रिय सभामा आयोजना हुने पार्टी एकता घोषणा सभामा उपस्थितिका लागी निम्तो दिँदै दुवै नेताले गुणात्मक हिसाबले एकताको महत्वुपूर्ण अर्थ रहेको बताउनुभयो ।

    लगत्तै बोलेका ओलीले भन्नुभयो, 'प्रचण्ड कमरेडले यहाँ (बल्खु) केही बोल्नु भएन, राष्ट्रिय सभामा तीन बजे हुने घोषणा सभामा बोल्नु हुन्छ ।'   

     

    प्रकाशित:जेष्ठ ३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्