दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं

    जेष्ठ ३, २०७५

    - उदयपुरको कटारी नगरपालिका – ११ ठाटीमा आज मध्यान्न ट्रिपर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । कटारी बजारबाट सिमेन्ट बोकेर सोलुखुम्वु जाँदै गरेको ना ७ ख ६७०६ नम्वरको टिपर दुर्घटना हुँदा सहचालक १८ बर्षीय इन्द्रबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

    दुर्घटनामा परि चालक ३५ बर्षीय शेरबहादुर खत्री गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकृत प्रहरी निरिक्षक मनप्रसाद श्रेष्ठले बताउनुभयो । घाइते चालक खत्रीको कटारी जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि विराटनगर  पठाइएको  प्रहरी निरिक्षक श्रेष्ठले जानकारी दिनुभयो ।  

     

    प्रकाशित:जेष्ठ ३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्