जेष्ठ ३, २०७५
- सरकारले वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारमाथि विभिन्न शीर्षकमा लगाइदै आएको अतिरिक्त शुल्क खारेज गरेको छ । श्रम रोजगार तथा सामाजीक सुरक्षा मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री गोकर्ण विष्टले माइग्राम्स, स्वास्थ्य परीक्षणमा देखिएको सिन्डिकेट, सुरक्षा, पार्सपोर्ट संकलन गरी मलेसियन दुतावाससम्म पुर्याउने, आप्रवासी सुरक्षा फस्यौंट लगायत नाममा अवैध रुपमा लिदै आएको अतिरिक्त शुल्क खारेज गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
यी प्रक्रिया पुरा गर्न कामदारले १८ हजार ४ सय रुपैयाँ अतिरिक्त बुझाउँदै आएका छन् । शुल्क खारेजीको एकतर्फी घोषणा गर्दै श्रम मन्त्रालयले यसबारेको जानकारी परराष्ट्र मन्त्रालयलाई दिएको जनाएको छ । श्रम मन्त्रालयको पछिल्लो निर्णयसँगै मलेसिया जाने नेपाली कामदारमाथि विभिन्न शीर्षकमा अतिरिक्त शुल्कको बाध्यता हट्ने भएको छ । मन्त्री विष्टले यसलाई तुरुन्त कार्यान्वयन गर्नको लागि गृह मन्त्रालयलाई अनुरोध गरेको बताउनुभयो । मलेसियामा भर्खरै नयाँ सरकार गठन भएकोले पनि नेपालको पछिल्लो निर्णयलाई उसले सकारात्मक रुपमा लिने मन्त्री विष्टको विश्वास छ ।
प्रकाशित:जेष्ठ ३, २०७५
User's Feedback
Comment via Facebook
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्