एमाले र माओवादी केन्द्र एक, ‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ता गरिँदै

काठमाडौं

    जेष्ठ ३, २०७५

    - नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकता गरेका छन् ।  वाम एकता संयोजन समितिको बैठकले पार्टी एकता गर्ने निर्णय गर्दै त्यो निर्णयलाई दुवै पार्टीले अनुमोदन गरेका हुन् । यो सँगै नेकपा एमाले र माओवादी केन्द्र विघटन भएको छ ।

    आजै नयाँ पार्टी ‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ताका लागि नेता सुवास नेम्वाङ र  देव गुरुङ निर्वाचन आयोगमा जाने तयारी छ । 

    के के भयो सहमति ?

    एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टीको नेतृत्व गर्ने। दुई अध्यक्षात्मक प्रणाली अपनाइने। दुवै नेता पार्टीका निर्णय उत्तिकै शक्तिशाली

    नौ सदस्यीय सचिवालय रहने। सचिवालयमा दुई अध्यक्ष सहित माधव नेपाल र झलनाथ खनाल वरिष्ठ नेताको रुपमा रहने छन्। त्यसबाहेक नारायणकाजी श्रेष्ठ, इश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल सचिवालयमा रहनेछन्। पार्टीको प्रवक्ता जिम्मेवारी श्रेष्ठालाई दिइएको छ। पार्टीको महासचिव पौडेल हुनेछन्।

    सचिवालयले पार्टीका पोलिटब्युरो, जनवर्गीय संगठन लगायतको एकता र व्यवस्थापन गर्ने

    केन्द्रीय समिति ४४१ र स्थायी समिति ४५ सदस्यीय हुने।

    मार्क्सवाद लेनिनवाद पार्टीका मार्गदर्शक सिद्धान्त हुने। एक्काइसौ शताब्दीको जनवाद, माओवादी लगायतका सिद्धान्तमा महाधिवेशनसम्म छलफल चलाउँदै जाने।

    प्रकाशित:जेष्ठ ३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्