कान्तिपुर डायरी अपरान्ह ३:०० बजे - ०३ जेठ २०७५

- Post Report, काठमाडौं

    जेष्ठ ३, २०७५

    मुख्य समाचार:

    * पार्टी एकिकरण प्रक्रियालाई अन्तिम रुप दिन एमाले र माओवादी केन्द्र अन्तिम तयारीमा, निर्वाचन आयोगमा आजै नयाँ पार्टी दर्ता गर्ने वाम एकता संयोजन समितिको निर्णय, एमाले र माओवादी केन्द्रको केन्द्रीय कमिटि बैठक जारी ।

    * बैदेशक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारमाथि विभिन्न शिर्षकमा लगायिदै आएको अतिरित्त शुल्क सरकारद्वारा खारेज, मलेसियाको नयाँ सरकारले सकारात्मक सहयोग गर्ने श्रम मन्त्री बिस्टको विस्वास ।

    * थानकोट, धुलिखेल मेट्रो रेल निर्माणको सम्भावेता अध्यनका लागि लगानी बोर्डले अन्तराष्ट्रिय प्रस्ताव अवाहन गरिदै, निजि क्षेत्रसँगको सहकारी असम्भव रहेको पुर्वाधार विज्ञको भनाई ।

    * अफ्रिकी मुलुक कंगोमा इबोलाले महामारीको रुप लियो, २३ जनाको मृत्यु, ४२ जना संक्रमित ।

    * उदयपुर गोल्डकप फुटवलको अन्तिम सेमीफाइनलमा मनाङ-र्मस्याङ्दी र सुनसरी ११बीच प्रतिस्पर्धा हुँदै, विजेताले उपाधिका लागि थ्री स्टारसँग भिड्ने ।

    प्रकाशित:जेष्ठ ३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्