नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यको सपथ ग्रहण

काठमाडौं

    जेष्ठ ३, २०७५

    - एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि बनेको नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरुले सपथ लिएका छन् ।नव गठित पार्टीका चार सय ४१ जना केन्द्रीय सदस्यहरुले सपथ ग्रहण गरेका हुन् । चार सय ४१ सदस्यीय केन्द्रीय समिति रहेको पार्टीमा ४५ जनाको स्थायी समिति र ९ सदस्यीय सचिवालय बनाइएको छ ।

    यसअघि सपथ लिँदा एक जनाले पढे सबैले दोर्होयाउने चलन भएकोमा अहिले भने सबैले एकैपटक सपथ पढेर ग्रहण गरेका थिए ।  अध्यक्ष केपी शर्मा ओलीले नयाँ शैलीबाट सपथ लिने भन्दै आफू लगायत सबै केन्द्रीय सदस्यहरुले एकैपटक सपथ ग्रहण लिएका हुन् । 

    प्रकाशित:जेष्ठ ३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्