नयाँ दल नेपाल कम्युनिष्ट पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता

काठमाडौं

    जेष्ठ ३, २०७५

    - नेकपा एमाले र माओवादी केन्दबीच एकता भएको छ । लामो समयको छलफल र बहसलाई अन्तिम रुप दिदै दुई दल एक भएका हुन् । वाम एकता संयोजन समितिको आज विहान बसेको बैठकले पार्टी एकताको निर्णय गरेको थियो । सो निर्णयलाई दुवै दलको केन्द्रीय कमिटि बैठकले अनुमोदन गर्दै आ–आफ्नो केन्द्रीय समिति भंग गरेका थिए ।

    अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल, सुभास नेम्वाङ, देव गुरुङ लगायत नेता निर्वाचन आयोग पुगी नयाँ दल नेपाल कम्युनिष्ट पार्टी दर्ताका लागि निवेदन समेत दिएका छन् । त्यसअघि बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको एकीकृत पार्टीको पहिलो बैठकमा नेकपा कम्युनिष्ट पार्टीका नेताहरुले सामुहिक शपथ ग्रहण गरेका थिए । एकीकृत पार्टीको मार्गदर्शक सिद्धान्त माक्सवाद–लेनिनवाद रहने भएको छ । चुनाव चिन्ह भने सूर्य नै हुनेछ । एकीकृत पार्टीमा ९ सदस्यीय हाईकमाण्ड, ४५ सदस्यीय स्थायी समिति र ४ सय ४१ सदस्यीय कन्द्रीय समिति रहने नेता इश्वर पोखरेलले जानकारी दिनुभयो ।

    पार्टीको नेतृत्व दुवै पार्टीका अध्यक्षले संयुक्त रुपमा गर्ने, सरकार सञ्चालनमा एमाले अध्यक्ष ओली र पार्टी सञ्चालनमा माओवादी अध्यक्ष दाहालले बढी सक्रियता देखाउने, आन्तरिक सम्पूर्ण तयारी पूरा गरी २ बर्षभित्र महाधिवेशन गर्ने, एकीकृत पार्टीको केन्द्रीय कमिटिबाट नेताहरुको वरियाता र जिम्मेवारी तोक्ने निर्णय भएको छ । 

     

    प्रकाशित:जेष्ठ ३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्