उदयपुर गोल्डकपको उपाधिका लागि मनाङ र रुस्लान थ्रीस्टारबीच प्रतिस्पर्धा हुने

    जेष्ठ ३, २०७५

    - पाँचौ उदयपुर गोल्डकप फुटवल प्रतियोगिताको उपाधिका लागि लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदी र रुस्लान थ्रीस्टार क्लव बीच प्रतिस्पर्धा हुने भएको छ । गाईघाटस्थित थरुहट रंगशालामा भएको अन्तिम सेमिफाइनलमा आज सुनसरी ११ लाई ३—२ गोल अन्तरले पराजित गर्दै मनाङले थ्रीस्टारसँगको भेट पक्का गरेको हो । 

    मनाङको जितमा विदेशी खेलाडी भिक्टोर र विमल रानाले गोल गरे । मनाङले खेलको सुरुमा नै १ गोल उपाहार पाएको थियो । मोरङका निशान लिम्वु र सौजन याक्खाले गोल गरे । उपाधि भिडन्त पर्सि शनिवार हुनेछ । उपाधि विजेताले ५ र उपविजेताले साढे २ लाख रुपैयाँ हात पार्नेछन् । 

     

    प्रकाशित:जेष्ठ ३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्