पारस र शोभा उत्कृष्ट खेलाडी

काठमाडौं

    जेष्ठ ३, २०७५

    - राष्ट्रिय क्रिकेट  टोलीका कप्तानमा पारस खड्का बर्षको उत्कृष्ट खेलाडी भएका छन् । राजधानीको त्रिपुरेश्वरस्थित आर्मी अफिसर्स क्लवमा नेपाल खेलकुद पत्रकार मञ्चले  आयोजना गरेको कार्यक्रममा ४ जना खेलाडीलाई पछि पार्दै खड्काले बाजी मारेका हुन् ।

    यस्तै बर्षको उत्कृष्ट युवा खेलाडी क्रिकेटर सन्दिप लामिछाने र स्पेशल अवार्ड करन के.सी.  घोषित हुदै ५० हजार नगद हात पारे । जगत टमाटा उत्कृष्ट कोच घोषित भए । बर्षको उत्कृष्ट खेलाडी महिलातर्फ ब्याटमिन्टनकी शोभा गौचन भए । पपुलर च्वाईस अवार्डको उपाधि टेवल टेनिसका स्यान्टु श्रेष्ठले हात पारे । उनीहरुले सवैले पल्सर मोटरसाईकल पाए । यस्तै लाईफटाईम अचिभमेन्ट अवार्डबाट फुटवलका प्रशिक्षक अशोक के.सी. सम्मानित भए । मञ्चले प्रदान गर्दै आएको पारा एथेलेटिकतर्फ को अवार्ड बास्केटवल तथा क्रिकेट खेलाडी हिमाल अर्यालले पाएका छन् । उनीहरु सवैले जनही ५० हजार रुपैयाँ पाए । 

     

    प्रकाशित:जेष्ठ ३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्