पर्यटन मन्त्रालयको सय दिन : वैकल्पिक विमानस्थल निर्माण प्रक्रिया सुरु

- केशु लामिछाने , काठमाडौं

    जेष्ठ ११, २०७५

    सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्युनिकरण गर्न काभ्रेमा वैकल्पिक विमानस्थल निर्माण प्रक्रिया सुरु गरेको छ । वैकल्पिक विमानस्थलको निर्माणको लागि सुझाव दिन गठित प्राविधिक समुहले काभ्रेको नागीडाडानै उत्तम विकल्प भएको निष्कर्ष निकालेपछि निर्माण प्रक्रिया अघि बढेको हो ।

    सरकार गठन भएको १ सय दिनभित्र संस्कृती पर्यटन तथा नागरीक उड्डयन मन्त्रालयले गरेको कामबारे जानकारी दिदै मन्त्री रविन्द्र अधिकारीले विमानस्थल निर्माण हुनुपुर्व आवश्यक वातावरणी प्रभाव मुल्याङकन इआईएको प्रक्रिया सुरु भएको जानकारी दिनुभयो । 

    मन्त्रालयले मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमास्थल २१ घण्टा सञ्चालनमा ल्याईनुलाई पनि सय दिने उपलब्धीमा समेटेको छ । एयर ट्राफिक जामको समस्या न्युनीकरण गर्न भन्दै मन्त्रालयले गत सोमबारबाट बिहान ६ बजे देखि राति ३ बजेसम्म विमानस्थल सञ्चालनमा ल्याएको हो । यस्तै राष्ट्रिय गौरवको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको वातावरणी प्रभाव मुल्याङक स्वीकृत गर्नु, सम्पन्न हुनु पनि सय दिने उपलब्धीमा परेका छन् ।

    यस्तै, यो अवधीमा क्षतीग्रस्त सम्पदाहरु रानीपोखरी र काष्ठमण्डपको निर्माण कार्य सुरु गरिएको उल्लेख गरीएको मन्त्रालयको योजना तथा मुल्याङ्कन महाशाखा प्रमुख डण्डुराज घिमिरेले बताउनुभयो र्। नीतिगत तथा कानुनी सुधार तर्फ राष्ट्रिय संस्कृति नीतिलाई परिमार्जन गर्न मस्यौदा तयार भएको, नेपाल र थाइल्याण्डबीच पर्यटन प्रवद्र्धनको लागि समझदारी पत्र मन्त्रीपरिषदमा पेश भएको पनि मन्त्रालयले उल्लेख गरेको छ ।

    यस्तै ५८ वर्षपछि सप्तरीको राजविराज विमानस्थलको सफल परीक्षण उडान, बाग्लुङको बलेवा र सुर्खेत विमानस्थल सञ्चालनमा ल्याइएको पनि सय दिनको काममा समेटिएको छ । नेपाल वायुसेवा निगमको सृदृढीकरण अन्र्तगत २ वटा ट्वीनअटर, एउटा MA60 ३ वटा Y12E बिमान संचालनमा आएको महाशाखा प्रमुख घिमिरेले बताउनुभयो । 

    प्रकाशित:जेष्ठ ११, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्