जीविकोपार्जन भत्ता कार्यान्वयन गर्न माग

काठमाडौं

    जेष्ठ १३, २०७५

    जटिल रोगका बिरामीलाई दिँदै आएको जीविकोपार्जन भत्ता कार्यान्वयन गर्न स्पाइनल इन्जुरी संघर्ष समितिले सरकारसँग माग गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भत्ता सम्बन्धी विषय समावेश नभएको भन्दै समितिले जीविकोपार्जन भत्ता वार्षिक बजेटमा समावेश गराउन माग गरेको हो ।

    भत्ता दिने निर्णय कार्यान्वयन गर्न भन्दै गत शुक्रबारबाट संघर्षमा उत्रिएको समितिले आज राजधानीको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । सरकारलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि माग आफ्ना माग सम्बोधन नभएका कारण थप संघर्षमा उत्रिनु परेको समितिले जनाएको छ ।

    शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ साल पुस १३ गते मिर्गौला, क्यान्सर र स्पाइनल कर्ड इन्जुरी भएका बिरामीलाई जीविकोपार्जन भत्ता भन्दै जनही पाँच हजार रुपैयाँ दिने निर्णय गरेको थियो । वर्तमान प्रधानमन्त्री केपी ओली सरकारको पालामा भने बजेट अपूग हुने भन्दै भत्ता वितरण रोकिएसंगै समिति संघर्षमा उत्रिएको हो । 

    प्रकाशित:जेष्ठ १३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्