इजरेली सेनाको गोली लागेर ११५ जनाको मृत्यु

रोयटर्स

    जेष्ठ १३, २०७५

    इजरेल र प्यालेस्टाईन सीमा क्षेत्र गाजामा २ महिना देखि जारी प्रदर्शनका क्रममा इजरेली सेनाको गोली लागि १ सय १५ जना प्रदर्शनकारीको मृत्यु भएको छ । प्रदर्शनकारीहरुले सीमा क्षेत्रस्थित इजरेली अनुगमन केन्द्र लक्षित बम आक्रमण गरेको भन्दै इजरेलले गरेको जवाफी कारबाहीमा आज पनि ३ जनाको मृत्यु भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

    प्यालेस्टेनी प्रदर्शनकारीले प्रहार गरेको इजरेली सेना लक्षित बम निस्क्रिय बनाईएकाले कुनै मानवीय क्षति भने नभएको इजरेली सेनाको दाबी छ ।

    इजरेलमा रहेका प्यालेस्टेनी शरणार्थीहरुको रिहाईको मागसहित गत मार्च ३० देखि प्यालेस्टेनी हमास समूहले बृहत प्रदर्शन जारी राखेको छ । हमासको सो प्रदर्शनलाई इजरेललाई भने सीमा क्षेत्रमा अतिक्रमणको प्रयासका रुपमा लिँदै आएको छ ।

    प्रकाशित:जेष्ठ १३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्