यात्रुको हत्या गरेको अभियोगमा जापानमा १ पक्राउ

बीबीसी

    जेष्ठ २७, २०७५

    बुलेट ट्रेनमा सवार एकजना यात्रुको हत्या र अन्य दुई जना माथि सांघातिक आक्रामण गरेको अभियोगमा जापानमा १ जनालाई नियन्त्रणमा लिइएको छ । राजधानी टोकियोबाट ओशाकाका लागि प्रस्थान गरेको बुलेट ट्रेनभित्र राति १० बजे सो घटना भएको थियो ।

    ट्रेनमा त्यतिबेला ८ जना सवार थिए । ओडावारा स्टेशनमा ट्रेन रोकेर अभियुक्त इचिरो कोइजिमालाई पक्राउ गरिएको स्थानीय प्रहरीले जनाएको छ । मृत्यु हुनेमा एकजना पुरुष छन् । उनको घाँटीमा गहिरो चोट लागेको थियो । 

    जापानमा यस्ता घटनाहरु बिरलै हुने गर्छन् । जापान सबैभन्दा कम अपराध हुने देश मध्येको हो । 

    प्रकाशित:जेष्ठ २७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्