ट्रम्प भेटन उत्तर कोरियाली नेता किम जोङ्ग उन सिंगापुरमा

बीबीसी

    जेष्ठ २७, २०७५

    उत्तर कोरियाली नेता किम जोङ्ग उन/अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्ताका लागि सिंगापुर पुग्नुभएको छ । दुई नेताबीच आगामी मंगलबार सेन्टोसाको एक रिसोर्टमा ऐतिहासिक भेटवार्ता हुने तय भएको छ । उत्तर कोरियाली नेताले वहालवाला अमेरिकी राष्ट्रपतिसँग भेट गर्न लागेको यो पहिलो पटक हो ।

    अमेरिकी राष्ट्रपति ट्रम्प पनि आजै सिंगापुर जाँदै हुनुहुन्छ । ट्रम्पले यो भेटवार्ता शान्ति र स्थायीत्वका लागि हुन लागेको बताउनुभएको बीबीसीले जनाएको छ । शिखर सम्मेलनपछि उत्तर कोरियाली नेता उनले परमाणु हतियार बनाउन छोड्न प्रेरित हुनसक्ने वासिङटनको अपेक्षा छ ।

    पछिल्लो १८ महिनामा यी दुई नेताबीचको सम्बन्धमा निकै उतारचढाव आएको छ । नेता किम र राष्ट्रपति ट्रम्पले शिखर सम्मेलनमा सहभागी हुनुअघि सिंगापुरका प्रधानमन्त्री लि हसियन लुङ्गसँग भेटवार्ता गर्ने कार्यक्रम छ । 

    प्रकाशित:जेष्ठ २७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्