उत्तर कोरियाद्वारा 'सिंगापुर एजेण्डा' तय

एजेन्सी

    जेष्ठ २८, २०७५

    अमेरिकासँगको ऐतिहासिक वार्ताका लागि उत्तर कोरियाले सिंगापुर एजेण्डा तय गरेको छ । स्थायी शान्ति  संयन्त्र स्थापनालाई प्राथमिकतामा राख्दै उत्तर कोरियाली नेता किम जोङ्ग उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्मसँगको वार्ता एजेण्डा तय गर्नुभएको हो ।

    ऐतिहासिक वार्ताका लागि सिंगापुरमा रहेका ट्रम्प र किमबीच भोली पहिलो पटक भेटवार्ता हुँदैछ । उत्तर कोरियाली नेता किमले ऐतिहासिक वार्तालाई विश्वले हेरिरहेको प्रतिक्रिया दिनुभएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले वार्तालाई लिएर आफु सकारात्मक रहेको बताउनुभएको छ । वार्ताका क्रममा परमाणु हतियार त्याग्न उत्तरलाई अमेरिकाले आग्रह गर्ने बीबीसीले जनाएको छ । यद्यपि परमाणु हतियार त्यागको बदलामा उत्तर के चाहन्छ भन्ने विषयमा भने स्पष्ट भईसकेको छैन । 

    भोली हुने ऐतिहासिक वार्ता अघि ट्रम्प र किम सिंगापुरका छुट्टाछुट्टै होटलमा बसेका छन् । जसको सुरक्षा सिंगापुर गोर्खाले दिएको छ ।  

     

    प्रकाशित:जेष्ठ २८, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्