काबुलमा बम बिस्फोट हुँदा १२ जनाको मृत्यु

बीबीसी

    जेष्ठ २८, २०७५

    अफ्गानिस्तानको काबुलस्थित सरकारी कार्यालयमा आत्मघाती बम आक्रमण हुँदा कम्तिमा १२ जनाको मृत्यु भएको छ । ३१ जना घाइते भएका छन् । ग्रामिण पूनस्र्थापना र विकास कार्यालयको भवनमा आक्रमण भएको हो ।

    आक्रमणमा परी हताहती भएकामा महिला तथा बालबालिका समेत रहेको स्थानीय अधिकारीलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ । आक्रमणको जिम्मा इस्लामिक अतिवादी संगठन आईएसले लिएको छ ।

    अफ्गानिस्तानमा लामो समयदेखि हिंसात्मक गतिविधि गर्दै आएको तालेवान बिद्रोहीले पहिलोपटक युद्धबिरामका लागि सहमति जनाएको २ दिन नबित्दै पछिल्लो बिस्फोट भएको हो । अफ्गान सरकारले तालेवानसँग यु्द्धबिराम भए पनि अन्य सशस्त्र समुहबिरुद्ध कारवाही जारी राख्ने बताएको थियो । 

    प्रकाशित:जेष्ठ २८, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्