निजी क्षेत्रमा प्रवाहित कर्जा बढ्यो

काठमाडौं

    जेष्ठ २८, २०७५

    बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा पछिल्लो समय बढेको छ । चालु आर्थिक बर्षको १० महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रभावित कर्जा १८ दशमलव १ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसमध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १८ दशमलव ३, विकास बैंकहरुको १८ दशमलव २ र वित्त कम्पनीहरुको ११ दशमलव ४ प्रतिशतले बढेको केन्द्रीय बैंकको प्रतिवेदनमा उल्लेख छ ।

    उत्पादनशील क्षेत्रतर्फ लगानी तथा निर्यात बिस्तारमा सहयोग पुर्‍याउन बैंकले सहुलियत दरमा उपलब्ध गराउने पुनर्कजा उपयोग पनि बढेको छ । बैशाख मसान्तसम्म १६ अर्ब ४७ करोड पुनर्कजा लगानीमा रहेको बैंकले उल्लेख गरेको छ ।

    बैशाख मसान्तसम्मको अवधीमा खुलाबजार कारोबारका विभिन्न उपकरणमार्फत पटक पटक गरी १ खर्ब ३० अर्ब २५ करोड तरलता प्रशोचन गरिएको बैंकले जनाएको छ । 

    प्रकाशित:जेष्ठ २८, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्