अमेरिका र उत्तर कोरियाबीच ऐतिहासिक वार्ता सुरु

एजेन्सी

    जेष्ठ २९, २०७५

    अमेरिका र उत्तर कोरियाबीचको ऐतिहासिक वार्ता सिंगापुरमा सुरु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिंगापुरको सेन्तोसा टापुस्थित पाँचतारे होटलमा केहीबेरअघि भेटवार्ता सुरु भएको हो ।

    बहालवाला अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीच पहिलो पटक भेट भएको हो । उत्तर कोरियाली समाचार संस्था केसिएनएले शिखर बैठकमा उत्तर कोरियाले स्थायी र दिगो शान्ति स्थापनाका लागी आवश्यक संयन्त्रबारे छलफल गर्ने जनाएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले बैठक प्रति अत्यन्त सकारात्मक अनुभुति भईरहेको प्रतिक्रिया दिनुभएको छ । नेता किमले विश्वले आफुलाई नियालिरहेको बताउनुभएको छ । एक समय वाकयुद्धमा रहेका दुई नेता बीचको सम्बन्ध पछिल्लो समय केही सकारात्मक परिवर्तन आएको हो । 

    दुई नेताको सुरक्षाका लागि १२ सय गोर्खा खटिएका छन् । नेताको सुरक्षाका लागि बस्ने होटल देखि वार्ता हुने स्थान तथा वार्ता हुने मूख्य स्थलको समेत सुरक्षा जिम्मा गोर्खालाई दिईएको छ ।  

     

    प्रकाशित:जेष्ठ २९, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्