सरकारले चालु आर्थिक वर्षबाटै कर तथा गैरकर उठाउने

बुटवल

    जेष्ठ २९, २०७५

    प्रदेश ५ सरकारले चालु आर्थिक वर्षबाटै कर तथा गैरकर उठाउने भएको छ । कर तथा गैर कर सम्बन्धी विधेयक प्रदेश सभामा सैद्धान्तिक छलफल सकेर दफाबार छलफलको क्रममा छ ।

    अब बस्ने प्रदेश सभा बैठकले सो विधेयक पास गरेर प्रदेश प्रमुखलाई प्रमाणिकरणका लागि पठाउने कार्ययोजना बनेकाले तत्कालै प्रदेश सरकारले कर तथा गैर कर संकलन थाल्ने प्रदेश ५ का सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताउनुभयो । प्रदेश सरकारलाई घरजग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर, मनोरञ्जन कर, विज्ञापन कर, कृषि आयकर लगाउन पाउने अधिकार छ । यस्तै सेवा शुल्क दस्तुर, पर्यटन शुल्क र दण्ड जरीवानामा गैरकर लगाउन पाउनेछ ।

    संविधान अनुसार प्रदेश सरकारको क्षेत्रअधिकारभित्र रहेका स्थानीय तहको साझा सुचिमा रहेका  विषयमा कर तथा गैरकर लगाउने, राजश्व उठाउने बाडफाड गर्ने, सञ्चीत कोषमा दाखीला गर्ने अधिकार दिइएको छ । कर संकलनको काम प्रदेश सरकारले स्थापना गर्ने कर कार्यालय र स्थानीय तहमार्फत गर्ने व्यवस्था छ । 

     

    प्रकाशित:जेष्ठ २९, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्