अमेरिका र उत्तर कोरियाबीच ऐतिहासिक भेटवार्ता

एजेन्सी
  • भेट अत्यन्त सकारात्मक भएको : ट्रम्प

जेष्ठ २९, २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ्ग उनले ऐतिहासिक भेटवार्ता पछि एक सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । हस्ताक्षर भएको सम्झौतापत्रमा उल्लेख भएका विषय भने सार्वजनिक गरिएको छैन ।

सम्झौतापत्र हस्ताक्षरका क्रममा अमेरिकि राष्ट्रपति ट्रम्पले नेता किम सँगको भेट अत्यन्त सकारात्मक भएको बताउनुभयो ।

दुई देशका नेताबीच एक्ला एक्लै बैठकपछि सामुहिक वार्ता भएको हो । सिंगापुरको सेन्तोसा टापुस्थित पाँच तारे होटलमा भएको वार्ताले ईतिहासका पुर्वाग्रह अन्त्य गरेको नेता किम जोङ उनले बताउनुभयो । 

अमेरिकी राष्ट्रपति ट्रम्पले नेपाली समायनुसार अपरान्ह पौने २ बजे पत्रकार सम्मेलन गर्ने बताएपनि सो सम्मेलन संयुक्त हुने नहुने बारे केही उल्लेख नभएको बीबीसीले जनाएको छ । लामो समय वाकयुद्धमा उत्रिएका ट्रम्प र किमबीच हात मिलाएको दृश्यसँगै सुरु भएको एतिहासिक वार्ताप्रति अन्तराष्ट्रिय चासो खिचिएको छ । वार्ता सकारात्मक रहेको दक्षिण कोरियाली समाचार संस्था योनहापले उल्लेख गरेको छ । भेट प्रति दक्षिण कोरियाली राष्ट्रपति मुन जेय ईनले खुसी व्यक्त गर्नुभएको छ ।

आणविक निशस्त्रिकरणको प्रक्रिया लामो रहेपनि वार्ताले विश्वासको वातावरण श्रृजना गरेको उल्लेख गर्नुभएको छ । वार्ता अघि नेता किमले विश्वले आफुलाई नियालिरहेको बताउनुभएको थियो । बैठक प्रति अत्यन्त सकारात्मक अनुभुति भईरहेको प्रतिक्रिया दिनुभएको थियो । उत्तर कोरियाली समाचार संस्था केसिएनएले शिखर बैठकमा उत्तर कोरियाले स्थायी र दिगो शान्ति स्थापनाका लागी आवश्यक संयन्त्रबारे छलफल गर्ने जनाएको उल्लेख गरेको छ । 

 

प्रकाशित:जेष्ठ २९, २०७५

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्