म्यासेडोनियाको नयाँ नाममा ग्रीसको सहमति

काठमाडौं

    जेष्ठ ३०, २०७५

     

    - लामो समयदेखिको विवाद अन्त्य गर्दै ग्रीसले छिमेकि मुलुक म्यासेडोनियाको नयाँ नाममा सहमति जनाएको छ । युगोस्लोभिया सँग छुट्टिएर बनेको मुलुकलाई रिपब्लिक अफ नर्थ म्यासेडोनिया नाम दिन ग्रीसले सहमति जनाएको हो ।

    २७ बर्षदेखिको वार्ता र विभिन्न प्रदर्शनपछि म्यासेडोनियाको नाममा सहमति भएको बीबीसीले उल्लेख गरेको छ ।  आफ्नो मुुलुकको पूर्वी भू–भागमाथि म्यासेडोनियाले दाबी गर्नसक्ने भन्दै ग्रीसले सो नाममाथि आपत्ति जनाउँदै आएको थियो ।

    नेटो र युरोपियन युनियनमा सहभागीताका लागी म्यासेडोनियाको प्रयास विरुद्ध पनि ग्रिसले भिटो प्रयोग गरेको थियो । ग्रिस सरकार नयाँ नाममा सहमत भएपछि अब मेसेडोनियाका जनता र ग्रिक संसदले नयाँ नामसम्बन्धी प्रस्ताव पारित गर्नुपर्नेछ ।

    संयुक्त राष्ट्रसंघबाट पुर्व युगोस्लाभ नामको पहिचान पाएको सो मुलुकले अब रिपब्लिक अफ नर्थ म्यासेडोनिया औपचारिक नाम पाएको छ । 

     

    प्रकाशित:जेष्ठ ३०, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्