कोरियाली प्रायद्विपको सैन्य अभ्यास स्थगित

बीबीसी
  • मित्र राष्ट्रहरुलाई सुरक्षा प्रदान गर्ने अमेरिकी प्रतिबद्धता

जेष्ठ ३०, २०७५

कोरियाली प्रायद्विपको सैन्य अभ्यास स्थगित गरेपछि अमेरिकी सरकारले आफ्ना मित्र राष्ट्रहरुलाई सुरक्षा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । सिंगापुरमा उत्तर कोरियाली नेता किम जोङ्ग उनसँग भएको भेटवार्ता लगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरियाली प्रायद्विपमा सैन्य अभ्यास रोक्ने घोषणा गर्नुभएको थियो ।

राष्ट्रपतिको यो घोषणापति अमेरिकी रक्षामन्त्रालयले आफ्ना मित्रराष्ट्रहरुलाई सुरक्षा प्रदान गर्ने र कोरियाली प्रायद्विपमा शान्ति र स्थिरता कायम राख्न प्रतिबद्ध रहेको जनाएको हो । हिजो भएको ऐतिहासिक भेटवार्ताका क्रममा उत्तर कोरियासँगको सहमतीका कारण सो क्षेत्रका अमेरिकाका सहयोगी राष्ट्र आश्चर्यमा परेको बीबीसीले उल्लेख गरेको छ । 

यसैबीच भेटका क्रममा राष्ट्रपति ट्रम्पले दिएको ह्वाईटहाउस भ्रमणको निम्तो नेता किमलले स्वीकार गर्नुभएको उत्तर कोरियाली समाचार संस्थालाई उदृत गर्दै बीबीसीले जनाएको छ । भेटवार्ताका क्रममा किमले पनि ट्रम्पलाई प्योङयाङ भ्रमणको निम्तो दिनुभएको थियो । दुई नेताले आणविक निशस्त्रिकरण र क्षेत्रिय शान्तिबारे सहमतीपत्रमा हस्ताक्षर गरेका छन् । 

प्रकाशित:जेष्ठ ३०, २०७५

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्