उखुको मुल्य नतोकिएपछि कृषक मारमा

- सन्तोष सिंह, धनुषा

    जेष्ठ ३०, २०७५

    उखुको मुल्य नतोकिएपछि मध्य तराईका कृषक मारमा परेका छन् । उखुको मुल्य नतोकिएसँगै भुक्तानी समेत नपाएपछि बैंकबाट ऋण लिएर खेती गरेका कृषकहरु बढी मारमा परेका छन् । अघिल्लो पटक बेचेको उखुको मुल्य नै नपाएपछि नयाँ खेतीका लागि मल समेत खरिद गर्न नपाएको कृषकको गुनासो छ  ।

    बर्ष भरि ऋण र उधारो गरी परिवार चलाएका किसान समयमा उखुको भुक्तानी नपाउँदा आन्दोलित भएको महोत्तरी गौशालाका अगुवा किसान मन्नु अधिकारीले बताए ।

    गत चैत ११ गते काठमाडौंमा चिनी उद्योगी, किसान प्रतिनिधि र नेपाल सरकारको तर्फबाट उद्योग र अर्थमन्त्रीको उपस्थितिमा उखुको भुक्तानी तत्काल गर्ने सहमति भएको थियो । तर उद्योगीले अटरे गर्दा किसान मारमा परेका हुन् । चिनि उद्योगबाट तत्कालै एकमुष्ट रकम भुक्तानी माग्दै ३ साता देखि महोतरीका उखु कृषक आन्दोलित छन् ।

    प्रकाशित:जेष्ठ ३०, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्