सार्वजनिक जग्गामा बनेका २ सय टहरा हटाईयो

- लालप्रसाद शर्मा, पोखरा

    जेष्ठ ३०, २०७५

     पोखरा लेखनाथ महानगरपालिका–१८ धरमपानीमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका दुई सय टहरा कास्की प्रशासनले हटाएको छ । पोखरा लगायत क्षेत्रका स्थानीयले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाईएका ती टहरा स्थानीय प्रशासनले प्रहरी परिचालन गरी गएराती हटाएको हो ।

    पोखरा–लेखनाथ महानगरपालिकाको अनुरोध पछि सार्वजनिक जग्गामा बनाइएको ती टहरा हटाइएको प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले बताउनुभयो । कास्की प्रहरी प्रमुख एसपी ओम रानाका अनुसार जग्गा मिलाईदिने भन्दै केही व्यक्तिले रकम समेत उठाएको पाइएको छ ।

    जग्गा अतिक्रमणमा संलग्न भएको आरोपमा ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा म्याग्दी, पोखरा र कास्कीका लगायत स्थानका छन् । उनीहरुको परिचय खुलाइएको छैन । 

    प्रकाशित:जेष्ठ ३०, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्