२०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त आयोजना गर्ने

काठमाडौं

    जेष्ठ ३०, २०७५

    सन् २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । विश्वकप आयोजना गर्ने मरक्कोको प्रस्तावलाई पछि पार्दै तीन राष्ट्रले सहआयोजक बन्ने सौभाग्य प्राप्त गरेका हुन् । फिफामा भएको मतदानमा अमेरिका, क्यानडा र मेक्सिकोको पक्षमा १ सय ३४ राष्ट्रले मत जाहेर गरेका थिए ।

    मरक्कको पक्षमा मात्रै ६५ राष्ट्र उभिए । सन् २०२६ को विश्वकप अहिलेसम्मकै बृहत हुने छ । फिफाले यसअघि नै विश्वकपमा सहभागी राष्ट्रको संख्या बढाएर ४८ पुर्‍याउने र ३४ दिनसम्म चल्ने प्रतियोगितामा ८० खेल खेलाउने निर्णय गरिसकेको छ । 

    २ सय ११ सदस्य राष्ट्र रहेको फिफाको रुसको राजधानी मस्कोमा भएको ६८ औं साधारणसभामा २ सयले मत हालेका थिए ।

    यसअघि मेक्सिकोले सन् १९७० र ८६ मा गरी दुईपटक र अमेरिकाले १९९४ मा एकपटक विश्वकप आयोजना गरिसकेका छन् । क्यानडाले भने सन् २०१५ मा महिला विश्वकपको सफल आयोजना गरेको थियो । 

    प्रकाशित:जेष्ठ ३०, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्