नेप्सेमा सामान्य अंकले सुधार

काठमाडौं

    जेष्ठ ३०, २०७५

    शेयर बजार परिसूचक नेप्सेमा आज सामान्य अंकले सुधार देखिएको छ । नेप्से आज २ दशमलव ८१ अंकले बृद्धि भई एक हजार २ सय ४२ दशलमव ७ अंकमा पुगेको छ । कारोबार भएका १० कम्पनी समूह मध्ये टेलिकम बाहेक बाँकी सबै समूहको उपसूचक उकालो लागेको छ । नेप्से उकालो लागेपनि कारोबार रकममा भने ९ करोड रुपैयाँले गिरावट आएको छ ।

    सबै भन्दा बढी बीमा समूहको उपसूचक १८ दशमलव ६६ अंकले बढेको छ । नेप्सेमा आज एक सय ६२ कम्पनीका ४ हजार ४८ कारोबारबाट ६ लाख ३५ हजार १० कित्ता शेयर किनबेच भए । जसअन्र्तगत २१ करोड ४८ लाख २ हजार १ सय ३७ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

     

    प्रकाशित:जेष्ठ ३०, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्