अफ्गानिस्तानको पहिलो टेष्ट भारतविरुद्ध

एजेन्सी

    जेष्ठ ३१, २०७५

    अफगानिस्तानले अन्तराष्ट्रिय टेष्ट क्रिकेटको यात्रा सुरु गरेको छ । टेष्ट मान्यता पाउने कान्छो राष्ट्र अफ्गानिस्तानले क्रिकेटमा अब्बल मानिएको भारतविरुद्ध पहिलो टेष्ट खेलेको हो । बैंगलुरुको चिन्नस्वामी रङ्गशालामामा भारतले टस जितेर व्याटिङ थालेको छ ।

    अस्गर स्टानिक्जाईको कप्तानीमा अफ्गानिस्तान मैदान उत्रदा भारतले भने आफ्ना प्रभावशाली खेलाडिलाई आराम दिएको छ । अजिन्क्या रहाणेको कप्तानीमा मैदान उत्रिएको भारतमा अधिकांश युवा तथा नयाँ खेलाडि छन् ।

    यसअघि भारतीय भूमिमा ट्वान्टी २० क्रिकेटमा इतिहास कोरेको अफ्गानिस्तान टेष्टमा समेत जितलाई निरन्तरता दिने दाउमा छ ।  भारतीय भूमि देहरादुनमा बंगलादेशविरुद्धको तीन म्याचको ट्वान्टी २० सिरिज अफ्गानिस्तानले क्लिनस्विप गरेको थियो ।

    जिम्बाबेसँग पहिलो टेष्ट म्याच खेल्ने भनिएपनि भारतविरुद्ध खेल्ने अफगानी क्रिकेट बोर्डको आग्रह आईसीसीले स्वीकार गरेको थियो । 

    प्रकाशित:जेष्ठ ३१, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्