बुटवलका १६ हजार घर सार्वजनिक क्षेत्रमा

- अमृता अनमोल, बुटवल

    जेष्ठ ३१, २०७५

    बढ्दो सहरीकरण र राजनीतिक मिलेमतोमा कारण बुटवलको सार्वजनिक क्षेत्र नासिदै गएको छ । बुटवल उपमहानगरपालिकाको पछिल्लो तथ्यांक अनुसार बुटवलमा १६ हजार १ सय ९३ घर सार्वजनीक क्षेत्रमा बनेका छन् ।

    सार्वजनीक जग्गा मास्ने समस्या चुलिएपछि बुटवल उपमहानगरपालिकाले सार्वजनीक जग्गा अतिक्रमण रोक्न भन्दै अव्यवस्थित वसोवासीको तथ्यांक निकालेको हो । यही तथ्यांकका आधारमा  व्यवस्थित र स्थानान्तरण गर्ने योजना बनाएको प्रमुख शिवराज सुवेदीले बताउनुभयो ।     

    बुटवल उपमहानगरका जनप्रतिनिधिहरुको पहिलो बैठकले अव्यवस्थीत बसोबासीको तथ्यांक संकलन गर्ने, अभिलेख व्यवस्थापन गर्ने र सार्वजनिक जग्गाको संरक्षण गर्नको लागि कार्यदल गठन गरेको थियो ।  रामचन्द्र क्षेत्री संयोजक रहेको कार्यदलले १९ वटै वडामा लगत संकलन गरेको हो ।

    सार्वजनीक सुचना र घरदैलो मार्फत उप – महानगरपालिकाले तथ्यांक संकलन गरेको संयोजक क्षेत्रीले बताउनुभयो । त्यसमा खाली गर्नुपर्ने सार्वजनीक जग्गा, नदी तटिय क्षेत्र र व्यवस्थापन वा पुर्जा दिनुपर्ने वसोवासीको छुट्टाछुट्टै लगत संकलन भएको छ ।  अहिले कतिलाई त्यही स्थानान्तरण गर्न सकिन्छ वा कतिलाई व्यवस्थित गर्न सकिन्छ भन्नेबारे अध्ययन सुरु भएको छ ।  

     

    प्रकाशित:जेष्ठ ३१, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्