बसबाट खसेका सहचालकलाई अर्को बसले किच्यो

- घनश्याम गौतम, रुपन्देही

    जेष्ठ ३१, २०७५

    रुपन्देहीको सैनामैना नगरपालिका ९ बासगढीमा बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन । 

    पुर्वपश्चिम राजमार्गको वासगढीमा बिहान पौने ३ बजे पुर्वबाट पश्चिम जादै गरेको ना ७ ख ४२१ नम्वरको बसको ढोकाबाट खस्दा सोही बसका सहचालक दैलेखका २८ बर्षिय दान बहादुर कार्कीको मृत्यु भएको पश्चिम क्षेत्रीय टाफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

    ढोकाबाट खसेका कार्कीलाई सोही दिशामा रहेको ना ५ ख ३३८९ नम्वरको बसले ठक्कर दिएको थियो । सोही समय बिपरीत दिशामा रहेको ना ७ ख ७५६८ नम्वरको बस र ना ५ ख ३३८९ नम्वरको बस आपसमा ठोक्किँदा १२ यात्रु घाइते भएको प्रहरीले. जनाएको छ । घाइतेहरुको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

    इलामको माङसेबुङ गाउँपालिका ४ स्थित बागमारा खोलामा पुल निर्माणमा संलग्न एक कामदारको करेन्ट लागेर मृत्यु भएको छ । निर्माणाधीन पुलमा वेल्डिङ गर्ने क्रममा स्थानीय २८ वर्षीय नियुशन लिम्बूको गएराति मृत्यु भएको प्रहरीले जनाएको छ । 

     

    प्रकाशित:जेष्ठ ३१, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्