यमनमा २६ मारिए

एजेन्सी

    जेष्ठ ३१, २०७५

    यमनको विद्रोही नियन्त्रणमा रहेको मुख्य तटीय क्षेत्रमा भएको आक्रमणमा २६ जना मारिएका छन् । मारिनेमा ४ संयुक्त अरब ईमिरेट्सका सेना तथा २२ हुथी विद्रोही रहेको बीबीसीले उल्लेख गरेको छ । हुथी विद्रोही माथि नौसेना र वायुसेनाले कार्बाही सुरु गरेका हुन् ।

    आक्रमणको गति निरन्तर रहे सो क्षेत्रमा मानवीय विपत्ति आउन सक्ने सहयोग एजेन्सीले उल्लेख गरेका छन् । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले यमनबारे छलफल गर्न आज आकस्मिक बैठक डाकेको छ । हुदेदेह तटीय क्षेत्र नै यमनमा सहयोग सामाग्री पुर्‍याउने मुख्य नाका हो ।

    ८० लाख भन्दा बढि मानिस यमनको युद्धग्रस्त क्षेत्रमा जिवनका लागी आवश्यक आधारभुत आवश्यकताका सामाग्रीविहीन जीवन जिउन बाध्य छन् । 

     

    प्रकाशित:जेष्ठ ३१, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्