टर्किस नागरिकसहित सातजना सुनसरीबाट पक्राउ

सुनसरी

    जेष्ठ ३१, २०७५

    रोजगारीका लागि टर्की पठाइदिने भन्दै युवाहरुलाई ठगेको आरोपमा प्रहरीले एक विदेशीसहित सातजनालाई सुनसरीबाट नियन्त्रणमा लिएको छ । टर्की पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले उनीहरुलाई इटहरी उपमहानगरपालिका ९ स्थित सेन्टर क्यापिटल ट्रेनिङबाट पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा टर्किस नागरिक अदिन रोजकरसहित सातजना छन् । उनीहरुले श्रम स्वीकृति बिना टर्की पठाइदिने भनेर स्थानीय युवाहरुको अन्तर्वार्ता लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालयमा राखेर अनुसन्धान सुरु गरिएको छ ।

     

    प्रकाशित:जेष्ठ ३१, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्