२ लाख बढी दोस्रो किस्ताको पखाईंमा

काठमाडौं

    जेष्ठ ३१, २०७५

    राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले घर निर्माणका लागि दोस्रो किस्ता लिन असार मसान्त सम्मको समय तोकेपनि २ लाख भन्दा वढी पीडित अझै सरकारी पहुँच बाहिर छन् । प्राधिकरण निर्देशक समितिको गते चैत २० गतेको वैठकले दोस्रो किस्ता लिनका लागि असार मसान्तसम्म समय तोकेको थियो । तर प्रभावकारी समन्वय हुन नसकेपछि २ लाख भन्दा वढी पीडिटत अझै सरकारी पहुँच भन्दा वाहिर छन्  ।

    ६ लाख ७५ हजार ८४ जना लाभग्राहीको सूचीमा परेपनि प्राधिकरणको पछिल्लो तथ्याङक अनुसार अहिले सम्म ३ लाख ९८ हजार १ सय ८५ जनाले मात्रै दोस्रो किस्ताको सुविधा लिएका छन् । 

    प्राधिकरण प्रवक्ता एवं सहसचिव कृष्ण प्रसाद दवाडीले भने असार मसान्तसम्म दोस्रो किस्ता लिने पीडितको संख्या ५ लाख भन्दा वढी हुने अनुमान गरिएको बताउनुभयो । असार मसन्तसम्म रकम लिन छुटेकालाई  भने के गर्ने भन्नेबारेमा ठोस निर्णय भईनसकको प्रवक्ता दवाडीको भनाई छ । आगामी आर्थिक वर्षसम्म भूकम्प पीडित सवैका घर निर्माण सम्पन्न गर्ने लक्ष्य सरकारले बजेटमा उल्लेख गरेपनि नीतिगत झण्झट र प्रभावकारी समन्वय हुन नसक्दा लाभग्राहीले भने सास्ती भोग्नुपरेको छ ।

    ६ लाख ७५ हजारको हराहारीमा भूकम्प पीडित लाभग्राहीको सूचिमा परेपनि पहिलो किस्ता पनि नपाउनेको संख्या पनि करिव ५० हजार हाराहारीमा छ । अझ तेस्रो किस्ता लिनेको संख्या भने जम्मा १ लाख ३८ हजार हाराहारीमा मात्रै छ । किस्ता लिएर घर बनाउने र सरकारी अनुदान नलिई कन घर बनाउने विचको यकिन तथ्याङ समेत प्राधिकरणसंग छैन । 

     

    प्रकाशित:जेष्ठ ३१, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्