बागलुङमा सवारी दुर्घटनामा परी २ को मृत्यु

- प्रकाश बराल , बागलुङ

    जेष्ठ ३१, २०७५

    बागलुङमा यात्रु बोकेको जिप दुर्घटना हुँदा २ जनाकाmे मृत्यु भएको छ । २ जना घाइते भएका छन् । गलकोटबाट यात्रु लिएर ताराखोला गाउँपालिका अर्गल जाँदै गरेको ग १ ज ६०३४ नम्बरको जिप दुर्घटना हुँदा ताराखोला गाउँपालिका ३ का हेमन्त घिमिरे र हरिराम गिरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    जिपका चालक डम्बरबहादुर घिमिरे र कर्णबहादुर भण्डारी गम्भीर घाईते भएका छन् । सो जिप दिउँसो १ बजे भातखाने डाँडा नजिकै सडक देखि ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईते दुवैलाई उपचारका लागि स्थानीय र प्रहरीले उद्दार गरी गलकोट प्राथमिक स्वास्थ्य केन्द्र पठाएका छन् ।

    प्रकाशित:जेष्ठ ३१, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्