घुस रकम सहित सहायक वन अधिकृत पक्राउ

- हरि गौतम, रुकुम पश्चिम

    जेष्ठ ३१, २०७५

    जिल्ला वन कार्यालय रुकुम पश्चिमका सहायक जिल्ला वन अधिकृत सहित २ जनालाई अख्तियारले पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले बिहीबार दिउँसो जिल्ला वन कार्यालयमै सेवाग्राहीबाट लिएको घुस रकम सहित सहायक जिल्ला वन अधिकृत रोहितकुमार साह, र ग्रामीण वित्त सहायक सन्दिप अधिकारीलाई पक्राउ गरेको हो ।

    कवुलियती वनको सहजिकरण गर्न भन्दै वन समूहका पदाधिकारीबाट २३ हजार घुस लिइसकेपछि दुवै जनालाई सहायक वन अधिकृत साहको कार्यकक्षबाट घुस सहित नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रवक्ता मेघनाथ सापकोटाले जानकारी दिनुभयो ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतबाट प्रहरी निरीक्षक अनिलराज गिरीको नेतृत्वको आएको अख्तियारको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरु उपर थप अनुसन्धान भैरहेको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।  

    प्रकाशित:जेष्ठ ३१, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्