अमेरिकी राष्ट्रपतिले व्यापारीक सल्लाहकारसँग छलफल गर्दै

रोयटर्स

    जेष्ठ ३१, २०७५

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामग्रीमा करबृद्धि गर्ने/नगर्नेबारे आज विशिष्ठ व्यापारीक सल्लाहकारहरुसँग छलफल गर्दै हुनुहुन्छ । चिनियाँ सामग्रीमा करवृद्धि गर्ने ट्रम्प प्रशासनको यसअघिको निर्णय कार्यान्वयनबारे चीनले चासो राखेको भन्दै ट्रम्पले सोबारे थप छलफलका गर्न लाग्नुभएको हो ।

    ट्रम्पले यसअघिको निर्णय लागू गरे चीनले समेत अमेरिकी कार, केमिकल्स, हवाई पाटपुर्जा, सोयाविन लगायत सामग्रीमा अत्यधिक कर बृद्धि गर्ने अनुमान गरिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

    ट्रम्पले आयकर सम्बन्धी नयाँ निर्णय कार्यान्वयन गर्ने की नगर्ने भन्नबारे अझै अन्यौल छ । उत्तर कोरियाली नेता किम जोन अनसँगको भेटपछि स्वदेश फर्किका ट्रम्पले करबृद्धि सम्बन्धी विषय दुई साताभित्रै टुंगो लाग्ने बताउनुभएको थियो ।

    यसअघि ट्रम्प प्रशासनले १ हजार ३ सय प्रकारका चिनियाँ सामग्रीमा आयकर बढाउने निर्णय गरेको थियो । त्यसलगत्तै चीनले समेत केही अमेरिकी सामग्रीको आयकर बढाउने निर्णय गरेको थियो । आफूले व्यापारीक युद्ध गर्न नचाहेको भन्दै पछिल्लो समय चीनले दुई देशबीचको विवाद समाधानका लागि अमेरिकासँग आग्रह गर्दै आएको छ ।

     

    प्रकाशित:जेष्ठ ३१, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्