विद्यार्थीको प्रदर्शनमा प्रहरी हस्तक्षेप, २ घाइते, १ गिरफ्तार

- कलेन्द्र सेजुवाल, सुर्खेत
  • सुर्खेतमा प्रधानमन्त्रीको पुत्च्ला दहान

जेष्ठ ३१, २०७५

पेट्रोलियम पदार्थको मूल्य बृद्धिविरुद्ध नेविसंघले निकालेको जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ । सो क्रममा झडप हुँदा नेविसंघ केन्द्रीय सदस्य अनिल शाही र नेता गौतम बिसी घाइते भएका छन् । प्रहरीले अर्का केन्द्रीय सदस्य हरि शर्मालाई गिरफ्तार गरेको छ ।

प्रधानमन्त्री केपी ओलीको पुत्लादहन गर्ने क्रममा साँझ करीब ५ बजे सुर्खेतको वीरेन्द्रचोकमा भेला भएका विद्यार्थीमाथि प्रहरीले सुरुमै अन्धाधुन्ध आक्रमण गरेको थियो । त्यसपछि प्रदर्शन गर्दै हटियालाइनस्थित पार्टी कार्यालय पुगेका विद्यार्थीलाई प्रहरी निरीक्षक शंकर श्रेष्ठ नेतृत्वको टोलीले भवनभित्रै पसेर पक्राउ गर्न खोजेको थियो ।

पार्टी सभापति कमलराज रेग्मी, नेता विष्णुबहादुर खड्कासहितको टोली प्रतिकारमा उत्रेपछि प्रहरी पार्टी कार्यालय परिसरबाट बाहिरिएको थियो ।

नेविसंघ मध्यपश्चिमाञ्चल विश्वविद्यालयका इकाई अध्यक्ष यज्ञबहादुर राम्जालीले शान्तिपूर्ण रुपमा आन्दोलनमा उत्रिएको विद्यार्थीमाथि सरकारले तानाशाही शैलीमा दमन गर्न खोजेको बताए ।

‘शान्तिपूर्ण रुपमा आन्दोलन गर्न नपाइने यो कस्तो लोकतन्त्र हो ?’ उनले भने, ‘सरकारी कार्यशैली हेर्दा लोकतन्त्रमा अधिनायकबाद हुर्किरहेको छ ।’

प्रकाशित:जेष्ठ ३१, २०७५

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्