अर्थ सम्बन्धी विधेयक प्रदेशसभाबाट पारित

- लालप्रसाद शर्मा, पोखरा

    असार ५, २०७५

    प्रदेश ४ को प्रदेशसभा बैठकले अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरेको छ । अस्थायी मुकाम पोखरमा आज बसेको प्रदेश सभाको बैठकले प्रदेशको सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेट कार्यान्वयन गर्ने उद्देश्यका साथ प्रदेशसभामा पेश गरेको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित भएको छ ।

     आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेशसभा बैठकमा राखेको प्रस्ताव बहुमतले पारित गरेको हो । बजेट कार्यान्वयन गर्न केही राजस्व कर र शुल्क लगाउन आवस्यक भएको भन्दै सरकारले विधेयक पेश गरेको थियो । प्रदेशसभाको मंगलबारकै बैठकमा मन्त्री गुरुङले प्रदेश विनियोजन विधेयक २०७५ प्रस्तुत गर्नुभयो । यो पनि बजेटसंग सम्बधित विधेयक हो ।

    मन्त्री गुरुङले सापेक्षतामा आधारित समान हिसाबले बजेट वितरण गरिएको बताउनुभयो । वित्तीय समानीकरण हस्तान्तरण, राजस्व बाँडफाँड लगायत आधारमा बजेट वितरण गरिएको भन्दै उहाँले बजेटले सबै क्षेत्रलाई समेटेको दाबी गर्नुभयो । बजेट आफ्नै सम्झेर कार्यान्वयनमा लाग्न उहाँले सांसदहरुसंग आग्रह गर्नुभयो ।

    प्रदेशसभामा बजेट माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै उहाँले बजेट कसैलाई झुक्याउने, छारो हाल्ने ढंगले नभई सोंच पत्रका आधारमा ल्याईएको बताउनुभयो । प्रदेश सरकारले आव २०७५/०७६ का लागि २४ अर्ब २ करोड ३३ लाखको बजेट असार पहिलो दिन प्रस्तुत गरेको थियो । बजेट माथि आईतबार र सोमबार सामान्य छलफल भएको थियो । 

    प्रकाशित:असार ५, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्