सिद्धबाबाको वैकल्पिक सडकमा ट्रयाक खुल्यो

- माधव अर्याल, पाल्पा

    असार ६, २०७५

    पाल्पा र वुटवल जोड्ने सिद्धबाबा सडकखण्डमा पहिरोको जोखिम बढेपछि झुम्सा चौकीभञ्याङ चरङ्गे सडक वैकल्पिक मार्गको नयाँ ट्रयाक खुलेको छ । जिल्ला समन्वय समिति पाल्पाको अगुवाइमा स्थानीय तहले वैकल्पिक मार्गको नयाँ ट्रयाक खोलेका हुन् । 

    सो सडक मार्गमा स्थानीय गाउँपालिका संगै प्रदेश ५ सरकारले आगामी आर्थिक वर्षका लागि १० करोड रुपैया वजेट विनियोजन गरिसकेको छ । नयाँ बाटो निरीक्षण तथा अनुगमनपछि जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्यालले गाउँपालिका र नगरपालिकाको आर्थिक सहयोग, पाल्पा र रूपन्देहीका प्रशासकहरूको नैतिक साहश र सबैको सद्भावका कारण ट्रयाक खोल्न सम्भव भएको बताउनुभयो ।

    यो वैकल्पिक मार्गको निर्माणले सिद्धबाबा क्षेत्रमा खस्ने पहिरोले वर्षेनी हुने जनधनको क्षति रोक्न मद्दत गर्ने विश्वास गरिएको छ ।  

    प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जिल्लाको विकासका लागि यो सडक एउटा महत्तवपूर्ण  योजना रहेको बताउनुभयो  । 

    प्रकाशित:असार ६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्