नीलगाईको आक्रमणमा परि बृद्धको मृत्यु

- रवीन्द्र उप्रेती, महोत्तरी

    असार ६, २०७५

    महोत्तरीको गौशाला नगरपालिका ३ स्थित पचाईन टोलमा नीलगाईको आक्रमणबाट आज विहान एक बृद्धको मृत्यु भएको छ । भावर क्षेत्रअन्र्तगतको चारकोशे झाडीबाट बस्ति पसेको नीलगाईले आक्रमणमा गर्दा ७५ वर्षिय रामस्वरुप महतोको मृत्य भएको गौशालास्थित ईलाका प्रहरी कार्यालयले जनाएको छ ।

    उत्तरतर्फबाट आएको नीलगाईले खुलामा शौच गर्न गएको अवस्थामा बुट्यानबाट निस्केर महतोलाई आक्रमण गरेको थियो । प्रहरी निरीक्षक भोला भट्टकाअनुसार आक्रमणबाट गम्भीर महतोको धनुषास्थित लालगढ असपतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

    वन्यजन्तुको आक्रमणमा परि यसअगि पनि एक महिला गंम्भीर घाईते भएकी छन् । सिकारीले लखेटेर आक्रोसित बनेको बँदेलले गौशाला नपा वडा नं १२ कान्तिवजारकी ६० वर्षिया जानकीदेवीलाई घरको आँगनमा आक्रमण गरेको थियो । बँदेलले टोकेर जानकीको वाया हातको कान्छि औला चुडिएको छ भने चिउडोलगायत शरीरका बिभिन्न भागमा गहिरो घाउ लागेको छ । उनको काठमाडौंमा उपचार भईरहेको छ । 

    चुरे विनासले जंगलमा पानीको श्रोत सुकेको, डढेलोले वासस्थानमा क्षति भएको तथा गोठाला र गाउँले प्रवेशले असुरक्षित बनेका वन्यजन्तु मानववस्ति पस्न थालेको जिल्ला वन अधिकृत जगन्नाथप्रसाद जयसवालले जनाउनुभयो । गाउँवस्ति पसेका वन्यजन्तुबाट पछिल्लो समय मानिससमेत जोखिममा परेका छन् । केहीदिन अघि मात्र जंगली हात्तीको आक्रमणबाट भरतपुर ९ पडरियामा एक ब्यक्तिको मृत्यु भएको थियो । 

    प्रकाशित:असार ६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्