मनोरञ्जनका लागि 'गाँजाको प्रयोग' वैध

काठमाडौं

    असार ६, २०७५

    - क्यानडाको संसदले  मनोरञ्जन प्रयोजनका लागि गाँजाको उपयोग वैध बनाउने सम्बन्धि एउटा विद्येयक पारित गरेको छ ।  मनोरञ्जनका लागि गाँजाको प्रयोग वैध बनाउने  सम्बन्धि विद्येयकको पक्षमा ५२ भोट खसेको थियो भने विपक्षमा २९ भोट प्राप्त भएको बीबीसीले उल्लेख गरेको छ ।

    यो विद्येयक आगामी सेप्टेम्बरबाट लागू हुने जनाइएको छ । योसँगै क्यानडा, गाँजाको किनबेच तथा प्रयोगका लागि कानूनी मान्यता पाउने विश्वको दोश्रो मुलुक बन्ने छ । यसअघि सन् २०१३ मा  उरुग्वेले विश्वमै पहिलोपटक मनोरञ्जनका लागि गाँजाको प्रयोगलाई कानूनी मान्यता दिएको थियो । 

    सन् १९२३ सम्म क्यानडामा गैरकानूनी मानिने गाँजाको प्रयोगलाई सन् २००१ मा चिकित्सकिय उपयोगका लागि मात्रै कानूनी मान्यता दिइएको थियो । क्यानडाका प्रधानमन्त्री जष्टिन ट्रूडोले यो निर्णयले गाँजाको किनबेचबाट अपराधिक समूहले  गरिरहेको राजश्व कटौती नियन्त्रण हुने बताउनुभएको छ । 

     

    प्रकाशित:असार ६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्