पूर्व युवराज पारस शाह गोरखामा

- हरिराम उप्रेती, गोरखा

    असार ६, २०७५

    पूर्वयुवराज पारस शाह गोरखा पुगेका छन् । मंगलबार मनकामना मन्दिरका पूजा गरेका शाहले बुधबार गोरखा कालिका र गोरखनाथ मन्दिरमा विशेष पूजा गरेका छन् । तत्कालिन शाह वंशिय राजाहरुले कुल देवी कालिका र इष्ट देवताको रुपमा गोरखनाथलाई लिने गर्छन् । 

    गणतन्त्र स्थापना पछि पहिलो पटक पुख्र्यौली थलो आएका शाहले गोरखा संग्राहालयको अवलोकन गर्नुका साथै पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण समेत गरे ।

    उहाँले गोरखा संग्राहालय परिसरमा रहेको पुरातात्वीक सामानहरुको बारेमा जानकारी लिनु भएको थियो । हातहतियार कक्ष, शाह वंशिय राजाहरुको परिचय कक्षामा उहाँले निकै बेर समय बिताउनु भएको थियो ।

    धार्मिक उद्देश्यका साथ शाह गोरखा पुगेको स्थानीय होम सिंह बस्न्याताले जानकारी दिए । पूर्वयुवराज पारस शाहलाई समर्थकले पन्चेबाजा र मोटरसाइकल र्‍याली सहित शाहलाई गोरखा दरबार पुर्‍याएका थिए । 

    प्रकाशित:असार ६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्