स्काभेटर बोकेको ट्रक सप्तकोशीमा खस्दा दुईको मृत्यु, सात घाइते

- माधव घिमिरे , प्रदीप मेन्याङ्बो सुनसरी

    असार ६, २०७५

    सप्तकोशी नदीमा स्काभेटर बोकेको ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । सप्तरीबाट पूर्वतिर आउँदै गरेको राउत कन्ट्रक्शनको स्काभेटर बोकेको ट्रक कोशी व्यारेजको २० र २१ नम्बरको ढोकामा ठोकिएर नदीमा खसेपछि दुई जनाको मृत्यु भएको हो । सात जना घाइते भएका छन् ।

    ना ४ ख ३५६ नम्बरको ट्रक सहित स्काभेटर कोशी नदीमा खस्दा सुनसरीको बराहक्षेत्र नगरपालिका चतरा घर भएका ट्रक चालक विनोद बराइली र सुनसरीको झुम्का घर भएका स्काभेटर चालक घनश्याम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    उनीहरुलाई अन्य घाइतेसंगै नदीमा डुवेको अवस्थामा त्यहाँ तैनाथ सुरक्षाकर्मी र पौडीबाजहरुको सहायताले उद्वार गरिएको थियो । उद्वार गरिएका मध्ये बराइली र चौधरीको जिल्ला अस्पताल इनरुवामा उपचारका लागि पुर्‍याइए पनि चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

    गम्भीर घाईते मध्ये सन्तोष अधिकारी हरि मगर र मणिराज विश्वकर्मलाई थप उपचारका लागि विराटनरको विराट नर्सिङ्ग होममा रिफर गरिएको सुनसरी प्रहरी नायव उपरीक्षक नारायण चिमोरियाले बताउनुभयो ।

    राउत कन्ट्रक्शनको सो दुर्घट्नाग्रस्त ट्रकले हेटौंडामा सडक सम्बन्धी काम सम्पन्न गरेर स्काभेटर सहित दुवै सवारी साधनको चालक र कामदारहरुलाई समेत लिएर सुनरीतिर आउने क्रममा दुर्घटना भएको प्रहरीले बताएको छ । दुर्घट्नाको कारण भने अझै खुल्न नसकेको प्रहरीको भनाई रहेको छ । नदीमा खसेर डुबेको ट्रक र स्काभेटर निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । 

    प्रकाशित:असार ६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्