लागू औषध सहित सुनसरीबाट चारजना पक्राउ

- प्रदीप मेन्याङ्बो, सुनसरी

    असार ६, २०७५

     सुनसरीका विभिन्न स्थानबाट लागू औषध सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरिक्षक नारायण चिमोरियाका अनुसार पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका देउराली ५ बस्ने २८ वर्षीय बाबु बोहरा, धरान १३ बस्ने ३५ वर्षीय कान्छा राई, भारतसंग सीमा जोडिएको भण्टाबारी नाका नजिकैबाट कोशी गाउँपािलका ४ बस्ने  ३२ वर्षीय सराजुद्दिन मिया र इटहरी उपमहानगरपालिका ४ बस्ने ३० वर्षीय सुरेश कोईराला रहेका छन् । 

    प्रहरीले बोहराको साथबाट ७४ थान नाईट्रोसन ट्यावलेट, राईको साथबाट एभिल लुपिजेसिक र डाईजेलापको २४ थान बरामद गरेको छ । यसैगरी मियाँको साथबाट ८ थान स्पास्मो प्रोक्सिभन र नाईट्रोसन ९ ट्यावलेट, कोईरालाको साथबाट २ केजी ४ सय ३० ग्राम गाँजा र १५ थान नाईट्रोसन ट्याव्लेट बरामद गरेको छ ।

    उनीहरु चारै जाना लागू पदार्थ ओसार पसार र बिक्री वितरणमा संलग्न गिरोह भएको प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जनालाई हिरासतमा राखेर थप अनुसन्धान सहित बारबाही प्रक्रिया अघि बढाई सकेको प्रहरीले जनाएको छ ।

    प्रकाशित:असार ६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्