राजपाको महाधिवेशन आगामी बैशाखमा

काठमाडौं

    असार ६, २०७५

    राष्ट्रिय जनता पार्टी राजपाले पहिलो महाधिवशेन आगामी बैशाखमा गर्ने भएको छ । राजधानीको बबरमहलस्थित पार्टी कार्यलयमा तीन दिन बसेको सो पार्टीको राजनीतिक समितिको बैठकले आगामी बैशाख ७, ८ र ९ गते महाधिवेशन गर्ने निर्णय गरेको हो ।

    राजनीतिक समितिले महाधिवेशनको स्थान भने तय गर्न बाँकी छ । मधेश केन्द्रीत विभिन्न ६ वटा दल मिलेर बनेको राजपाले पहिलो महाधिवेशन गर्न लागेको हो । यस्तै बैठकले पार्टीको विधान परिमार्जन गर्न तीन सदस्यीय समिति पनि बनाएको छ ।

    समितिमा लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ सुक्ला र वृषेशचन्द्र लाल सदस्य रहेको महासचिव केशव झाले जानकारी दिनुभयो । राजपाले पार्टी एकिकरण भएको एक वर्षभित्रमा महाधिवशेन गर्ने उल्लेख भएको विधानको धारा २२ को १० मा भएको व्यवस्था संशोधन गरी निर्वाचन मिति तय गरेको हो ।

    सोही प्रावधानको जगमा रहेर निर्वाचन आयोगले तत्काल महाधिवेशन गराउन राजपालाई पत्राचार गरेको थियो । विधानको धारा संसोधन गरी आगामी बैशाखमा महाधिवेशन गर्ने प्रावधान समेटिएको र निर्वाचन आयोगलाई सो विषय जानकारी गराउने निर्णय भएको महासचिव झाले बताउनुभयो । राजनीतिक समितिको अर्को बैठक यही असार २१ गते बस्ने राजपाले जनाएको छ । 

    प्रकाशित:असार ६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्