नागरिकका गुनासो सुन्न हटलाइन सेवा

- बलराम घिमिरे, रसुवा

    असार ६, २०७५

    जिल्ला प्रशासन कार्यालय रसुवाले नागरिकको समस्या तथा गुनासो सुन्नको लागि बुधबारदेखि २४ घण्टा हटलाइन सेवा सुरु गरेको छ । नागरिकहरुबाट आएका गुनासो तथा समस्या तत्काल समाधन गर्न जिल्ला प्रशासन कार्यालय रसुवाले हटलाइन सेवा सुरु गरेको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताउनुभयो ।

    सार्वजनिक प्रशासन, सेवा प्रवाह, विपद् तथा शान्ति सुरक्षा लगायतको विषयमा नागरिकको आफ्ना समस्या तथा गुनासो टिपाउन सक्ने छन् । ०१०५४००१९ नम्बर रहेको हटलाइन सेवा २४ सै घण्टा खुल्ला रहने उहाँले बताउनुभयो ।

    ‘विपद् र शान्ति सुरक्षा सम्बन्धी सूचना आएमा तत्काल नै समाधान हुन्छ, पौडेलले भन्नुभयो, ‘नागरिले अन्य कार्यालयको विषयमा गुनासो गरेकमा तत्काल समाधानको लागि लेखिपठाइने छ ।’

    नागरिकहरुबाट आएका गुनासो तथा समस्या संकलन गर्नको लागि एक जना कर्मचारीको व्यवस्था गरिएको छ । त्यसैगरी कार्यालयले विपद् बारे जानकारी दिनका लागि एसएमएस सेवा समेत सञ्चालन गरिसकेको छ । 

    प्रकाशित:असार ६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्