गौतम बुद्ध विमानस्थल परिसरमा स्थानीयद्वारा आन्दोलन स्थगित

भैरहवा

    असार ६, २०७५

    भैरहवामा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना परिसरमा स्थानीयद्वारा गरिएको आन्दोलन स्थगित भएको छ । बिहीबारदेखि मुअब्जा बितरण प्रकृया शुरु गर्ने गर्ने सहमतिमा पछि दुई दिन देखि जारी आन्दोलन स्थगित भएको हो । आयोजनाको निर्माणाधिन धावनमार्गमा टेन्ट लगाएर स्थानीयले आन्दोलन गरेपछि धावनमार्गको निर्माण कार्य अवरुद्ध हुन पुगेको थियो ।

    मुअब्जा बितरणका लागि नेपाल नागरिक उड्ययन प्राधिकरणले तत्काल २ अर्ब रुपैयाँ आयोजनाको खातामा पठाईदिएको र उक्त रकम सम्बन्धित जग्गा धनीलाई बितरणका लागि तत्कालै प्रकृया थालिने सहमतिमा आन्दोलन स्थगित गरिएको रुपन्देही –३ का प्रदेशसभा सदस्य सन्तोष पाण्डेले दिनुभयो ।

    पाण्डेका अनुसार, प्राधिकरणका महानिर्देशक र पर्यटन राज्यमन्त्रीले मुअब्जाका लागि आयोजनाको खातामा तत्काल २ अर्ब रुपैयाँ पठाईसकिएको जानकारी दिंदै दुई दिनभित्र बाँकी ३ अर्व रुपैयाँ पनि उपलब्ध गराईने प्रतिबद्धता जाहेर गरेका थिए ।

    गत फागुन महिनासम्म करीब ८ सय परिवारलाई ६ अर्ब रुपैयाँ मुअब्जा बितरण गरेको आयोजनाले त्यसपछि मुअब्जाका लागि बजेट प्राप्त नभएकाले बितरण कार्य रोकिएको थियो । विमानस्थलका लागि पछिल्लो पटक गरिएको जग्गा अधिग्रहणबाट करीब २ हजार २ सय परिवारले मुअब्जा पाउने छन् ।

    जसका लागि करीब २३ अर्ब रुपैयाँ आवश्यक पर्छ । आयोजना प्रमुख ओम शर्माले आन्दोलन स्थगित हुनासाथ रोकिएको धावनमार्गको काम शुरु भइसकेको बताउनु भयो ।                               

    प्रकाशित:असार ६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्